सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंकाले लुकाउन खोजिन् इन्गेज्मेन्टको औँठी

२०७५ साउन २२, ०७:५८

  बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा रहेकी छिन् ।
 केही दिन अघिमात्रै आफूभन्दा १० वर्ष कान्छा प्रेमी निक जोनससँग इन्गेज्मेन्ट गर्नकै लागि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ छोडिन् । 
यस विषयमा प्रियंका र उनकी आमा मधु चोपडाले केही नबोले पनि फिल्म छोडेपछि सलमान खान भने प्रियंकासँग रिसाएको बताइन्छ । केही दिनअघि मात्रै प्रियंका र निक सिंगापुरमा एकैसाथ भेटिएका थिए ।
त्यसपछि प्रियंका सोमबार बिहान दिल्ली आइपुगिन् । भीआईपी कक्षबाट बाहिरिनुभन्दा पहिले फोटोपत्रकारहरुको भिड लागिसकेको थियो । प्रिंयकाले मिडियाको भिड देखेपछि आफ्नो इन्गेज्मेन्टको औँठी फुकालेकी थिइन् । त्यसपछि उनले औँठी पेन्टको खल्तीमा राखिन् ।
प्रियंकाले औँठी फुकालेर लुकाउन त खोजिन् तर क्यामेरामा त्यो तस्बिर कैद भैसकेको थियो । अहिले त्यही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

कमेन्ट लोड गर्नुस