प्रेममा भुल्दै पल–आँचल
नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको ‘जुनमा राखु तिमीलाई’ बोल माथि बनेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा दुबैको प्रेम झल्किएको छ । केहि समययता भिडियोमासँगै नदेखिएका पल र आँचल पुनः एकपटक भिडियोमा देखिएका छन् ।
सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । पल आँफैले कोरियोग्राफी गरेको गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ, भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द छ ।
अनिल के.मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।