सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्षालाई निर्मातासँग पैसा उठाउन गाह्रो

२०७५ साउन ८, ०७:४६

अभिनेत्री बर्षा राउत डिमाण्डेड छिन् । उनलाई लिएर निर्माता-निर्देशक फिल्म बनाउन लालयित छन् ।
 'नाई नभन्नू ल ४', 'छक्का पञ्जा', 'जात्रा' जस्ता सुपरहिट फिल्म पश्चात् उनको डिमाण्डसँगै पारिश्रमिक पनि आकाशिएको छ । 
 हालैमा 'चौका दाउ' सकाएकी उनी चाँडै 'जात्रा' को सिक्वेलमा व्यस्त हुँदैछन् । 
बर्षौदेखि जसरी मोटोपनले उनको भोक निन्द्रा लुटिरहेको छ त्यसरी नै आफूले काम गरेको पारिश्रमिक निर्माताबाट उठाउन पनि उतिक्कै मुश्किल भइरहेको छ । 
 आइतवार बर्षाले आफ्नो आधिकारिक फेसबुकमा निर्देशक सिमोस सुनवारको एक स्टाटस सापटी लिँदै इन्डष्ट्रीका नाम चलेका फिल्म प्रोड्यूसरबाट पैसा उठाउन गाह्रो भएको दुखेसो पोखेकी छन् । 
 आफूले माया गर्ने साथी भाईसँग, साथी भाईको अफिससँग, दु:ख पर्दा सापटी दिएको पैसा र इन्डष्ट्रीका नाम चलेको फिल्म निर्माताहरुसँग आफ्नो पैसा उठाउन निकै गाह्रो हुने स्टाटसमा लेखिएको छ ।  
यो स्टाटसबाट स्पष्ट हुन्छ कि अभिनेत्री राउतलाई आफूले काम गरेको र सापटी दिएको पैसा उठाउन निकै सकस भइरहेको छ ।
 बाठी बर्षालाई त आफ्नो पैसा उठाउन गाह्रो भइरहेको छ, यहाँ नयाँ कलाकारको हबिगत त झन् के होला ? 

कमेन्ट लोड गर्नुस