भारतका विभिन्न शहरमा तीज र गौरा मनाईने
भारतका विभिन्न शहरहरुमा तीज र सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा विशेष कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । सुदूरपश्चिमेली नेपाली समाज (भारत) को आयोजनामा भारत विभिन्न् ८ शहरमा गौरा र तीज पर्व मनाईने भएको हो । कार्यक्रममा देउडा कलाकारहरुको पनि उपस्थीती रहने छ ।
भारतको सेप्टेम्वर ७ मा जम्मु कश्मिर, ९ मा दिल्ली, १२ मा तेलंगना, १४ मा मुम्बैइ, १५ मा पुना, १८ मा चेन्नै, २० मा मंगलो र २३ मा हरियाणामा कार्यक्रम हुने सूदुरपश्चिमेली नेपाली समाजका केन्द्रिय उप सयोजक निरन्जन बिष्टले बताए ।