भारतीय मोडल पुनम पाण्डे नेपालमा
भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छिन् । उनी विश्वकप फुटबलको फाईनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन् ।
आईतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा उनले आफ्नो फ्यानहरुसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको छ ।
क्रोएसियाले जित हासिल गर्ने दावी गरकी मोडल पाण्डेले शनिबार संचारकर्मीमाझ आफूसँगै रहेर विश्वकप फुटबल हेर्न आउन नेपाली फ्यानहरुलाई आग्रह समेत गरेकी छिन् ।
मोडल पाण्डेले सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गै हुन्छु भन्ने अभिव्यक्ति दिएर विवादमा आएकी थिइन् ।