भैरे कहलिने आसमा दयाहाङ
अभिनेता दयाहाङ राई आफ्नो प्रदर्शोन्मुख फिल्म भैरेबाट निकै आशावादी छन् । साउन ४ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको भैरेमा उनी शीर्ष भूमिकामा छन् ।
सूर्य बोहोरा निर्देशित यो फिल्मबाट आफू भैरेको उपनामले कहलिने विश्वास उनको छ । केही समयअघिसम्म दयाहाङ अभिनीत फिल्म लगातारजसो दर्शकमाझ आइरहेका थिए । भैरे भने केही महिनाको अन्तरालमा प्रदर्शन हुँदै छ ।
त्यसकारण पनि प्रचार–प्रसारका लागि समय पाएको दयाहाङ बताउँछन् । पछिल्लो समय चैत अन्तिम साता उनी अभिनीत नेप्टे प्रदर्शन भएको थियो ।