मिस फारवेष्ट आयोजना हुने
सुदुरपश्चिमा पहिलो पटक रोयल कोल्याव्रेटिभसको आयोजनामा मिस फारवेष्ट आयोजना हुने भएको छ । सुदुरपश्चिमको कला, संस्कृति पर्यटन भेषभुषा प्रवद्र्धनमा टेवा पुग्ने विश्वासका साथ पहिलो पटक मिस फारवेष्ट आयोजना हुन लागेको हो ।
मिस फारवेष्टको अडिसन सुदुरपश्चिमका ४ ओटा स्थान टिकापुर, अत्तरिया, महेन्द्रनगर र धनगढीमा हुने भएको छ । अडिसनमा १६ बर्षदेखि २५ बर्ष सम्मका युवतीले भाग लिन पाउने आयोजक रोयल कल्याव्रेटिभसले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पहिलो मिस फारवेष्टलाई स्कुटर दोस्रो हुनेलाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजार प्रदान गरिने छ । उनीहरुलाई व्यतिmत्व विकासका लागि अवसर प्रदान गरिनेछ । भदौ २० गतेदेखि असोज २० गतेसम्म संचालन हुनेछ ।