सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ प्रियंका र निकको बिहेमा सहभागी हुने पाहुनाको सूची

२०७५ भदौ ९, ०७:५६

  प्रियंका चोपडा र निक जोनसको बिहे आधिकारिक रुपमै पक्का भएको छ । इन्गेज्मेन्टपछि अब प्रशंसकहरु बिहेको प्रतिक्षामा रहेका छन् । 
बिहेको मिति त सार्वजनिक भएको छैन तर तयारी भने सुरु भैसकेको छ । केही दिनअघि प्रियंका र निकको बिहे अमेरिकाको हवाईमा हुने समाचार आएको थियो । वैवाहिक समारोहमा निक र प्रियंकाका नजिकका मान्छे मात्रै सहभागी हुने बताइएको छ ।
साथै बलिउड र हलिउडका केही चर्चित अनुहार पनि विवाहमा सहभागी हुन सक्नेछन् । प्रियंकाको विवाहमा सहभागी हुने पाहुनाको सूची तयार हुन थालिसकेको छ । पाहुनाको सूचीमा शाहरुख खान, सलमान खान तथा द रकको नाम सबैभन्दा माथि रहेको छ ।
साथै विवाहमा केही शाही पाहुना पनि सहभागी हुनेछन् । जसमा प्रियंकाकी साथी मेगन मर्केल तथा राजकुमार ह्यारी पनि रहनेछन् । केही समय पहिले राजकुमार ह्यारी र मेगनको बिहेमा प्रियंका सहभागी भएकी थिइन् ।
बेलायती शाही जोडीका लागि आफ्ना साथीको विवाहमा सहभागी हुन कुनै प्रोटोकलले रोक्ने छैन ।
निक र प्रियंकाको विवाह हलिउड र बलिउडको एउटा संगमका रुपमा रहने बताइएको छ  ।

कमेन्ट लोड गर्नुस