सुदूर नेपाललाई विश्वसँग जोड्दै

रणवीरबारे मुख खोलिन् दीपिकाले

२०७५ साउन १३, ०९:०८

 रणवीर कपुर र दीपिका पादुकोन लामो समयदेखि प्रेममा छन् । तर, उनीहरू एक–अर्काबीचको प्रेम सम्बन्धका विषयमा खासै बोल्न रुचाउँदैनन् ।
 ‘बाजिराव मस्तानी,’ ‘पद्मावत’लगायतका थुप्रै फिल्ममा एकसाथ काम गरेको यो जोडीलाई फ्यानहरूले पनि निकै मन पराएका छन् ।
यसै वर्षको पूर्वसन्ध्यामा यो जोडीले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो । गत जुनमा रणवीरकी हजुरआमाको निधन भएकाले यो जोडीको विवाह तत्कालका लागि रोकिएको अनुमान पनि धेरैले गरेका छन् ।
‘म यस विषयलाई सकभर गोप्य राख्न चाहन्छु । तर, म हल्ला नियन्त्रण गर्न वा त्यसको खण्डन गर्ने प्रयास गर्दिनँ,’ बेलायती पत्रिका इभिनिङ स्ट्यान्डर्डसँगको कुराकानीमा दीपिकाले भनेकी छिन् ।
दीपिकाले आफ्नो आमा–बाबु आफ्नो लागि आदर्श जोडी रहेको बताएकी छिन् । लङ लाइफ फाउन्डेसन सञ्चालन गरिरहेकी दीपिकाले डिप्रेसनसँग जुध्दाको आफ्नो अनुभूति पनि म्यागेजिनसँग साटेकी छिन् ।

कमेन्ट लोड गर्नुस