सुदूर नेपाललाई विश्वसँग जोड्दै

विविध सास्कृतिक कार्यक्रम सहित प्रथम साधारणसभा उद्धघाटन

२०७५ साउन २२, १०:५२

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–भारत बेङ्लोर शाखाको प्रथम बार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमका साथ प्रथम साधारणसभा उद्धघाटन भएको छ । आइतबार बेङ्लोरमा प्रतिष्ठानका केन्द्रिय पदाधिकारी एवं प्रदेश नम्वर ७ का संयोजक सुरत रावत डोटेली कान्छाले कार्यक्रमको उद्धघाटन गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत बेङ्लोर शाखाका अध्यक्ष गोबिन्द ढकालको सभापतित्वमा भएको प्रथम साधारणसभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय पदाधिकारी एवं प्रदेश न. ७ का संयोजक सुरत रावत डोटेली कान्छा प्रमुख अतिथि रहेका थिए । 
कार्यक्रमका बिशिस्ठ अतिथि बैद्य ईन्स्टिच्युट अफ मेडिकल साईन्सका प्रोफेसर डाक्टर सुधान्सु शर्मा रहेका थिए । कार्यक्रममा मेचीमहाकाली प्रवासी समाजका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट, सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष जनक ढुंगाना, प्रवासी नेपाली संघ भारतका सदस्य, सुदुरपश्चिम जनकल्याण ट्र्स्टका महिला उपाध्यक्ष दिपिका साउँद लगायतको सहभागिता रहेको थियो ।
 

कमेन्ट लोड गर्नुस