संचिता स्टारर ‘गुनगुन’ गीत रिलिज
अभिनेत्री संचिता लुईंटेल स्टारर फिल्म ‘गुनगुन’ को आइटम गीत सार्वजनिक भएको छ ।
कलाकार पुकार भट्टराईको निर्माणमा तयार भएको फिल्मको 'काजु किसमिस...' बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन ।
कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।
फिल्मको कथालाई अगाडि बढाउने भएकोले गीत महत्वपूर्ण रहेको निर्माण पक्षको भनाई छ ।
पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कात्तिक ३० गते हुने घोषणा गरेको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।
अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्र्ड प्रिमियर हुने प्रेम कथामा आधारित यस फिल्मलाई उपत्यका बाहिर आर.आर फिल्म्स र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्नेछन ।