सुदूर नेपाललाई विश्वसँग जोड्दै

'स्लिम' हुँदै बर्षा

२०७५ असार २७, ०७:३०

अभिनेत्री बर्षा राउतको अभिनयको तारिफ गर्नेसँगै मोटोपनको मजाक उडाउनेहरु पनि कम छैनन् । 'नाईँँ नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएकी उनी अहिलेकी 'डिमाण्डेड' अभिनेत्री हुन् । 
 बक्सअफिसमा उनी अभिनीत 'मेरो पैसा खोई ?' बाहेक अन्य फिल्म हिट छन् । 'छक्का पञ्जा' का दुई सिरिज र 'जात्रा' फिल्ममा काम गरेपछि उनको नाम अहिले महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको लिस्टमा अग्रणीमा आउँछ । 
 'चौका दाऊ', 'एउटा यस्तो प्रेम कहानी' जस्ता केही फिल्मको काममा व्यस्त अभिनेत्री राउत अचेल आफ्नो तौल घटाउन दिनहुँ जिममा पसिना बगाइरहेकी छिन् ।
 'मोटी' नायिका भनेर हैरान बनाउनेलाई जवाफ दिन उनले केही केजी तौल समेत घटाइसकेकी छन् । 
 नेपालमा तौल घटाउन नसकेर उनी अष्ट्रेलिया पनि पुगेकी थिइन् तर झन् मोटाएर फर्किइन् । मोटोपनका कारण अभिनेत्रीको रुपमा भन्दा उनलाई अन्य भूमिका सुहाउने आरोप पनि लाग्दै आएको छ ।
 यही कारण उनले केही फिल्मबाट हात समेत धुनु पर्‍यो ।
दिनहुँ घण्टौंसम्म व्यायममा समय विताउने उनी विस्तारै 'स्लिम' हुँदैछिन्, । 

कमेन्ट लोड गर्नुस