सुदूर नेपाललाई विश्वसँग जोड्दै

हलमा भैरे, पण्डित बाजेको लौरी र चक्कर

२०७५ साउन ५, ०७:५५

  शुक्रबारदेखि एकसाथ तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्, भैरे, पण्डित बाजेको लौरी र चक्कर । 
एभरेस्ट सूर्य बोहोराको निर्माण, निर्देशनमा बनेको भैरेमा दयाहाङ राई, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुरक्षा पन्त, विक्रान्त बस्नेत, अनुभव रेग्मीलगायत कलाकारले अभिनय गरेका छन् । 
सामाजिक कमेडी फिल्मका रूपमा भैरेको प्रचार गरिएको छ ।त्यसैगरी, दीपक ओली निर्देशित पण्डित बाजेको लौरीमा भने पश्चिम नेपालको बादी समुदायको पेसा, सामाजिक अवस्था र अस्तित्वको संघर्षको कथा प्रस्तुत गरिएको छ । 
फिल्ममा प्रवीण खतिवडा, सन्ध्या केसी, भोला सापकोटा, विजय बराल, लोकेन्द्र लेखक, मरिश्का पोखरेल, प्रमोद अग्रहरीलगायत कलाकारले अभिनय गरेका छन् ।
 थमन भण्डारी र किशोर खड्का निर्माता रहेको फिल्मको बुधबार एफक्यू सिनेमामा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले तारिफ पाएको छ ।
सहरमा हुने गरेको गुन्डागर्दी, स्मगलिङ तथा अपराधको विषयमा निर्माण गरिएको चक्कर पनि आजैदेखि प्रदर्शनमा आएको छ । 
अनुष्का रौनियारको निर्देशनमा रबिन आचार्यले निर्माण गरेको फिल्ममा अर्पण थापा, ऋचा शर्मा, भोलाराज सापकोटा, सिर्जना सुब्बा, स्मृति पोखरेललगायतले अभिनय गरेका छन् । 
सस्पेन्स थ्रिलर जनराको बताइने फिल्मको लेखन र सम्पादन निर्देशक अनुष्का आफैँले गरेकी हुन् ।

कमेन्ट लोड गर्नुस