‘आमा’ को सम्झनामा धनगढीका गायक करणको नयाँ गीत बजारमा
‘आमा’ को सम्झनामा धनगढीका गायक करणको नयाँ गीत बजारमा आएको छ। जोशीको शब्द, संगीत र स्वर रहेको आमा नामक गीत बजारमा आएको हो। जोशी स्थानिय रिदम ब्याण्डका सदस्य समेत हुन। आमाप्रति समर्पीत उक्त गीत आइतबार बिहान युट्युब मार्फत सार्वजनीक भएको गायक जोशीले बताए। उनले केहि महिना अघि मात्रै निधन भएकी आमाको सम्झनामा उक्त गीत तयार पारेको बताए। उक्त गीतको म्युजिक भिडियोको छायांकन हरिश सिन्हाले गरेका हुन्।