‘आमा’ बनेकी कुशुमको चर्चा
चलचित्र क्षेत्रमा यतिबेला अभिनेत्री कसुम गुरुङको चर्चा चुलिदो छ । ‘मेरी मामू’को प्रदर्शन मिति नजिकिदै गर्दा उनको चर्चा पनि बढ्न थालेको हो ।
हत्तपत्त अभिनेत्रीहरु पर्दामा आमाको भूमिका निर्वाह गर्न डराउने गर्दछन् । उनी भने पहिलो चलचित्र ‘मेरी मामु’मा आमाको भूमिका निर्बाह गरेर चर्चामा छाउन सफल भएकी हुन् ।
आमा बनेर पर्दामा देखिदा हिरोइनको अवसर गुम्छ भन्ने पुरानो मान्यता रहँदै आएको छ । तर उनी भने पात्र र त्यसले चलचित्रमा ओगटेको भूमिका महत्वपूर्ण हुने बताउँछिन् ।
अभिनेत्री कुसुम गुरुङ ‘मेरी मामु’बाट अभिनयमा डेब्यु गरेकी हुन् । १५ भाद्रद्रबाट देशव्यापी प्रदर्शनका आउने यो चलचित्रमा उनी ६ बर्षीय हिरो आयुब सेनको आमा बनेकी छन् ।
आमा र बच्चाको बिषयमा निर्माण भएको यो चलचित्र अहिले चर्चामा पनि छ ।
सुन्दरताका अलवा हाइट, लुक्स सबै अभिनेत्रीका लागि फिट रहेकी उनको बच्चैदेखि आर्टिस बन्ने चाहना थियो । भनिन् ‘हिरोइन भन्दा पनि आर्टिस्ट हुन्छु भन्ने सानै देखिको सोच थियो ।’
सुन्दरताका कारण सबैको नजरमा परेकी उनको अभिनय ब्यागग्राउन्ड थिएटर रहेको छ । राजधानीको ‘ज्ञ’ थिएटरबाट उनले अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् । उनीसँग सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटक अभिनय गरेको अनुभव पनि छ ।
कुसुम अभिनित ‘मेरी माम’ निर्माता सन्तोस सेनले निर्माण गरेका हुन् । सेनले यस अगाडि ‘प्रेम गीत’का दुई सिक्वेल बनाएका थिए ।