सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नागिन’ अब अक्षय कुमारकाे हिराेइन

२०७५ साउन १६, ०८:११

 टेलिसिरियल नागिनमा मुख्य भूमिका निर्वाह गरेकी मौनी रोय छिट्टै नै बलिउड फिल्म मार्फत दर्शकमाझ आउने तयारीमा छिन् ।
सजिलै दर्शकको मनलाई लोभ्याउने पहिरन शैलीले बलिउडका स्थापित अभिनेत्रीलाई टक्कर दिने मौनी रोय अहिले उनको डेब्यू फिल्म ‘गोल्ड’ को पचार प्रसारमा ब्यस्त छिन् ।
बलिउड अभिनेता अक्षय कुमार पनि उनको साथमा छन् ।  
पचार प्रसारका क्रममा अक्षय ‘क्लासी लूक’मा देखिएका छन् भने मौनी रोय सधैं जस्तै यस पटक पनि उनको पहिरन शैलीले सबैको ध्यान आफुतर्फ आकर्षित गर्न सफल भएकी छिन् । 
मौनीले पचार प्रसारका क्रममा लिइएका तस्बिरहरु आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । 
तस्बिरहरु हेर्दा मौनी रोय उनको सुन्दरताको माध्यमबाट सबैको ध्यान आफुतर्फ खिच्न कुनै कसर छोड्दिनन् भने झैं आभास हुन्छ ।   
रिमा काग्तीको निर्देशन रहेको फिल्म ‘गोल्ड’ २०१८ अगष्ट १५ प्रदर्शन हुँदैछ । टेलिभिजनकी नाम चलेकी अभिनेत्री मौनी रोयले बलिउड फिल्म उद्योगमा कत्तिको सफलता हासिल गर्नेछिन त्यो ‘गोल्ड’को प्रदर्शन पछि नै थाहा हुनेछ । 

कमेन्ट लोड गर्नुस