सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘रोजी’मा डिएसपी बने कर्मा

२०७५ जेठ २९, ०७:४७

अभिनेता प्रदीप खड्का जोडिएका हरेक एक फिल्म अचेल दर्शकमाझ प्रतिक्षीत हुने गर्दछन् । प्रेमगीतको दुई सिरिज हुँदै लिलिबिली सम्म आइपुग्दा उनको युवापुस्तामा राम्रो फ्यान फ्लोइङ् छ । उनी हाल नयाँ फिल्म ‘रोजी’ मा व्यस्त छन् । 
 निरक पौडेलले निर्देशन गरिरहेको यो फिल्मले प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेको कथा बोल्छ । यसमा प्रदीपको अपोजिटमा अभिनेत्री परमिता आरएल राणा छिन् । अभिनेत्री मिरुना मगरको पनि प्रमुख भूमिका छ । 
 सुरुवातदेखि नै फिल्ममा अभिनेता कर्मा शाक्यको अभिनय रहने बताइए पनि उनकोे भूमिकाको विषयमा भने खुलाइएको थिएन । अन्ततः यसको पनि पर्दाफास भएको छ । फिल्मकी कलाकार पल्पसा डंगोलले फेसबुकमा शेयर गरेको एक तश्बिरमा कर्मालाई डिएसपीको पोशाकमा देख्न सकिन्छ । 
 गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको फिल्मको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ लाई राजु विक्रम थापाले खिचिरहेका छन् । यसको कथा केदार भुषालले लेखेका हुन् 

कमेन्ट लोड गर्नुस