नेपाली चेलीलाई भारतमा उपाधि
भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा पाँच देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालकी साइब्या घिमिरेले उपाधि हात पारेकी छिन् ।
हालै सम्पन्न प्रतियोगितामा सहमागी भएर नेपाली प्रतिस्पर्धीहरू उपाधिसहित लिएर स्वदेश फर्केका छन् ।
आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा घिमिरे ५ देशका ५२ जना प्रतिस्पर्धीलाई उछिनेर विजेता घोषित भएकी हुन् ।
प्रतिस्पर्धामा नेपालकै अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार श्रेष्ठ सेकेन्ड रनर अप भए । लिटिल विधातर्फ नेपाली प्रतिस्पर्धी नमन मित्तलले बेस्ट फोटोजेनिक उपाधि हात पारे ।
एकैसाथ सम्पन्न दुईवटा इभेन्टमा पाँचजना नेपाली प्रतिस्पर्धीले उपाधिसँगै अन्य विधामा पनि टाइटल हात पारेका छन् । टिन एस्थेटिक्स किड्स फेसन रनवेमा नेपाली प्रतिस्पर्धी प्रेजु कायस्थ दोस्रो भइन् । त्यसैगरी, महिमा बज्राचार्य ट्यालेन्टेड पर्सनालिटी भइन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा गत वैशाखमा लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र टिन प्रिन्सेज डिभा सम्पन्न भएको थियो ।
काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताका विजयी प्रतियोगीले भारतमा किड्स फेसन रनवे प्रतिस्पर्धामा भाग लिएका हुन् ।
प्रतियोगितामा नेपाल र भारतका साथै दुबई, सिंगापुर र मलेसियाका ५२ जना प्रतिस्पर्धीको सहभागिता थियो ।