सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

२०८० फाल्गुन ३०, ०४:२० खबर संवाददाता

काठमाण्डौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्।

आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्। आजको बैठकमा २ सय ६८ जना सांसद उपस्थित थिए। जसमा प्रधानमन्त्री प्रचण्डलाई १ सय ५७ जना सांसदले पक्षमा मतदान गरे भने १ सय १० जनाले विश्वासको मतको विपक्षमा मतदान गरे।

यस्तै १ जना सांसदले तटस्थ रहे। प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस