न्यून आयस्रोत भएका घरपरिवारलाई राहत सामग्री वितरण
काठमाडौंः सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको उपस्थितिमा संघले शनिवार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोलीमा राहत सामग्री वितरण गरेको छ।
संघले सोही ठाउँमा बसोबास गर्ने न्यून आयस्रोत भएका ७२ घरपरिवारलाई खाद्यान्न तथा डस्ना वितरण गरेको हो। कार्यक्रममा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख र सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुख, संघका पदाधिकारीलगायत स्थानीयको उपस्थिति रहेको थियो।