सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकृतिको घुम्टो ओढेकी सुन्दर फूल हु म!

२०८१ वैशाख १३, ०९:४७ खबर संवाददाता

प्रतिक्षा पल्लवी : मान्छेको अनुहार एक अनि रूप अनेकौं हुन्छन्। म एउटा त्यस्तो पात्र हुँ मलाई म नै हुनुछ। जीवन्त र अनन्तकालसम्म म मै भनेर चिनिनुछ। म अरूको तुलना गरेर म आफुलाई सिङ्गारिनु छैन। मेरो असली पहिचान मेरै हुनुपर्छ । कुनै बाहिरी आवरण ओढेर नक्कली राम्रो बन्नु छैन।

म त पत्रपत्र मिलेर एउटा सुन्दर फूल बन्नुछ। मलाई तुलना गर्नुछ त केवल प्रकृति सङ्ग। हो म त्यही प्रकृति हुँ जो ममा प्रकृतिसङ्ग रमाउने क्षमता छ। मलाई प्रकृतिसङ्ग च्यालेन्ज गर्नुछ, कसले धेरै आफूले आफूलाई माया र विश्वास गर्छ? हो म त्यही प्रकृतिभित्र फुल्ने सुन्दर फूल हुँ। म फुल्नु छ त आफै झर्नु छ त आफै।  जसले  हिमालमा हिउँ फूलेको मात्र देख्छन । आफूभित्रको त्यो सुन्दर जवानी फुलेको देख्दैन। हो म त्यही सुन्दर रुप फुल्ने फूल हुँ। जो मैले आफुमा देखें।

अचम्म लाग्छ त्यो भिर पाखामा फुलेको विभिन्न  जातका सुन्दर फूल फुलेको सबैले  देख्छन्। तल कलकल बग्ने झरना, सल्लल बग्ने खोला आहा मनै लोभ्याउने दृश्य सबैले देख्छन् तर, आफूले आफूलाई कहिले महसुससम्म गर्दैनन् कि आफ्नु त्यो जीवनमा कैयौं सुन्दर दृश्य आए।  हो मैले अनुभव गरेको त्यो बेलि चमेली त्यो पाखा पखेरा ती झरना सबै मै हुँ। मलाई दुनियाँसङ्ग मत्लब छैन। 
मेरो बारेमा जे सोचुन, चाहे राम्रो या नराम्रो,  सोचुन, पात पतिङ्गर, म त्यो प्रकृतिले दिएको अनुपम उपाहार हुँ। जस्लाई यति सुन्दर रूप दिएको छ। साथमा सुन्दर प्रकृति नियालेर हेर्ने दुई आँखा दिएको छ। आफै गरेर खाने दुई हात दुई खुट्टा दिएको छ भवानले मलाई । अरूको साहारामा बाँच्नु छैन। हो म त्यही कसिङ्गरभित्र हुर्केको सुन्दर फूल हुँ।

कारण नबुझी एक अर्काको टिका टिप्पणी गर्ने समाजमा आफूलाई बहुआयामिक बनाउनसक्ने साहस लिनसक्ने हो, म त्यही सुन्दर फूल हुँ जसले फूल टिपेर निमोठेर फाल्नेहरुको हातमा सुगन्ध छरेर हिन्ने म त्यही सुन्दर फूल हुँ। सुखमा नमात्तेर दुखमा नआत्तेर अठोटका साथ अन्तरमन लिएर हिन्ने म त्यहि मनभित्र फुल्ने एक फूल हुँ।

मैले आफुले आफुलाई फुलको संज्ञा दिनुको कारण आफूले आफूलाई सुन्दर देख्नुको कारण अरुलाई नराम्रो भन्न खोजेको पक्कै होईन। यो अहिलेको बहुरुपी मान्छेहरुले नारीलाई जे गरेनी हुन्छ, यिनिहरू कम्जोर छन् भनेर जतिपनी नारीको जीवन सङ्ग खेरेर उनीहररूलाई मर्न बाध्य पार्नेहरूका लागि एउटा मैले आफूले आफैलाइ सुन्दर फूलको पात्रको रूपमा प्रस्तुत गरेको मात्र हो। नारी कम्जोर छैनन् र आफूलाई कम्जोर बन्न दिनुहुन्न। साहास राख्नुपर्छ आफूले आफैलाई कमजोरी सोच्नु हुन्न । मभन्दा सुन्दर कोही छैन सोचेर अगाडि बढ्नुपर्छ। गिद्दे नजर लाउनेहरुलाई नारी एक जननी हुन् । फूल हुन्, आत्मसम्मान हुन्। त्यसैले म एउटा सामान्य लेखक हुँ। 

मैले फुल पात्र राखेर प्रकृतिको पनि सम्मान गरेको छु। म र प्रकृतिलाई तुलना गरेको छु। मैले त्यही प्रकृतिको बयान गरेकी छु। जसको छत्रछायामा म रमाइ रहेकी छु।  मलाई औधी विश्वास लाग्छ। प्रकृतिको म हरपल हरबखत यसै सङ्ग रमाउँछु। ती भिरमा फुलेका फूलहरू हेर्छु चित्त बुझाउछु कस्तो अप्ठ्यारोमा फुलेर कति मज्जाले हाँसी राखेकी हुन्छ। म ती खोला नालालाई हेर्छु कति आनन्दले बगिरहेको हुन्छ। आखिर दुख त उसलाई पनि त छ। ढुङ्गा माटोलाई छिचोल्दै बगिरहन्छ। हो म त्यही प्रकृति हुँ जसले महसुस मात्र गर्न सकुन। यहाँ मैले प्रकृतिको घुम्टो ओढेकी सुन्दर फूल हुँ। म भनेर भन्नूको अर्थ मैले सामाजिक हिसाबले नारिले बिहे गर्नै पर्ने, दुलही बनी डोलिमा अन्मिनु पर्ने भन्ने भनाइ छ।  मैले कसैको साथ साहारा त्यो डोलि अन्मिएर त्यो घुम्टो ओढेर पराइ घर जानैपर्छ त? यहि प्रश्नको उत्तर प्रकृतिको घुम्टो ओढेर मलाई यहि प्रकृति यहि पाखा पखेरा सङ्ग रमाउन मनछ। दुःख सुख यहि प्रकृतिसङ्ग साट्नु छ।  त्यो पनि सुन्दर फुल बनेर।

मलाइ म हुनुमा गर्व लाग्छ, म अरु हुनै सक्दैन। म अरु भएको दिन मेरो अस्थिस्त्व सकिने छ। म अलि फरक छु। मेरो सोच फरक छ। म मै बनेर संसार जित्नु छ। म प्रकृति सङ्ग रमाउने मान्छे हुँ। मेरो प्रकृति सङ्गको नाता कसैले बुझ्न सक्दैन। केवल म मात्र महसुस गर्न सक्छु। हो मलाइ ती मान्छेहरुसङ्ग बोल्न सारै डर लाग्छ मान्छे एउटा हुन्छ रङ्ग अनेक फेरिरहेका हुन्छन्। यहाँ न साथिले साथिको महत्त्व बुझे, न दाजुभाइ दिदीबहिनीले। केवल स्वार्थले भरिएका मनभन्दा मलाई प्रकृति नै मनपर्छ। म को हुँ कस्ती छु। मेरो स्वभाव कस्तो छ। मेरो कर्तव्य के हो मलाइ थाह छ।

तर, पनि मेरो बारेमा वकालत गर्न यो दुनियाँ वकिल बनिरहन्छ्न्। म त्यो फूल हुँ जसलाई सबले माया गर्छन् । आखिर फूललाई त सब मन पराउँछ्न्। मलाई कसैको आखाको कसिङ्गर बन्नु छैन धुलो बनेर। मलाइ फुल्नुछ फूल बनेर, हो म त्यै काँडामा फुलेको सुन्दर फूल हु, टिप्ने आँट सबैले गरून्, कुल्चने क्षमता कसैको नहोस्। म पनि पातहरु झै छरपस्ट छरिएकी थिए। कसैले बटुल्यो त केवल जलाउनको लागि। 

त्यसैदिन देखि म खरानी बन्न चाहिन। म फूल बनेर फुल्नु छ। पात बनेर जल्नको लागि होइन। मैले यो लेख लिखी रहँदा आफैला महत्त्व दिनुको कारण भोलि कसैले यो लेख पढिरहदा उनीहरूलाई आफूमा हौसला आओस्। कि नारी कम्जोर छैनन्। कसैले उनीहरुलाइ बोझ सम्झेनी आफूमा साहस आओस्। कि म कसैको बोझ होइन, समाजमा म जे पनि गर्न सक्छु। म नराम्ररी छैन म सबै भन्दा राम्री छु भन्ने लागोस्। अरु कसैको अधिनमा नारिले बाच्नु न परोस्। केही गर्ने प्रेणा मिलोस्। जुनसुकै ठाउँमा नारीको आत्मसम्मान होस्, त्यसैले पहिले आफुले आफुलाइ माया गर्न सक्नुपर्छ । अनि मात्र अरु बाट सम्मानको आस गर्नुपर्छ।

सबैभन्दा पहिला तपाईं आफुलाइ चिन्नुहोस, आफैलाइ बिश्वास गर्नुहोस्। किन कि तपाई नै तपाईंको सबैभन्दा ठूलो आफ्नो अनि सबैभन्दा नजीकको साथी हो।यहाँ मान्छेले मान्छेलाई आफ्नु आवश्यकताअनुसार सहि र गलत बनाइ रहन्छन्। त्यसैले कसैको तारिफले मख्ख र कसैको घृणाले छक्क नहुनु होक्ला। मैले आफूले आफूलाई महत्त्व यस कारण दिएँ, म एउटा फूल नै हो। मैले फुलेर फेरि झर्नुपर्छ एक दिन। केही ढिलो भएको हो आफूलाई चिन्न। हारेको होइन । गुमाएका खुशी पक्कै फर्काउने छु एक दिन।
 

कमेन्ट लोड गर्नुस