न्याउला रानी’ सार्वजनिक: सुदूरपश्चिमको डेउडा गीतमा नवीन प्रस्तुति
सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिलाई समेटिएको नयाँ डेउडा गीत ‘न्याउला रानी’ सार्वजनिक गरिएको छ। लोक लय, गाउँघरको परिवेश र सुदूरपश्चिमेली संस्कृतिको झल्को दिने गीतमा गायक केशव राज फुलारा र गायिका रेखा जोशीको स्वर रहेको छ।
गीतका शब्द निर्मल कुमार भण्डारीले सिर्जना गरेका हुन् भने डाइलग टेक बहादुर ऐर ‘पद्द्वा चोर’ले प्रस्तुत गरेका छन्। गीतलाई भूमिराज थापाले एरेन्ज गरेका छन्। मिक्सिङ तथा मास्टरिङ शेर बहादुर बोहरा ‘विशाल’ले गरेका हुन्। गीत कुसुम डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
म्युजिक भिडियोमा प्रेम विवश चन्द र दीपिका शाहीको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन दीप श्रेष्ठले गरेका छन् भने छायांकन तथा सम्पादन अनिल चौधरीले गरेका छन्। भिडियोमा सुदूरपश्चिमको मौलिक भेषभूषा, डेउडा संस्कृति र ग्रामीण जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। विशेषगरी डेउडा गीतप्रेमीहरूले गीतको शब्द, लय र दृश्य संयोजनलाई रुचाएका छन्। ‘न्याउला रानी’ निर्माण टिमले गीतमार्फत सुदूरपश्चिमेली कला, संस्कार र पहिचानलाई नयाँ पुस्तामाझ अझ व्यापक बनाउने प्रयास गरिएको जनाएको छ। गीतमा परिवार, आफन्त, डेउडा प्रतिष्ठानका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न व्यक्तित्वहरूको विशेष सहयोग र प्रेरणा रहेको उल्लेख गरिएको छ।