राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
२०८१ वैशाख १६, ११:५८
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ।
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकोे राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
आजदेखि काठमाडौँमा सुरूभएको तेस्रो लगानी सम्मेलनका सन्दर्भमा अध्यादेश जारी गरिएको हो।
कमेन्ट लोड गर्नुस