सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नुहाउने क्रममा खोलाले बगाउँदा १० वर्षीया बालिका बेपत्ता

२०८३ भदौ २३, ०५:३९ खबर संवाददाता

डोटी: डोटीको जोरायल गाउँपालिका–४ मत्सेमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्।

मंगलबार बिहान करिब ९ः२० बजे स्थानीय लोकेशबहादुर घर्ती मगरकी करिब ९/१० वर्षीया छोरी खिमा घर्ती मगर ठुलीगाड खोलामा नुहाउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनाबारे बालिकाका बुवा लोकेशबहादुरले बिहान करिब ११ बजे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक दिलीपकुमार बिसीको कमाण्डमा ९ जनाको प्रहरी टोली खोज तथा उद्धारका लागि घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले जानकारी दिए।

बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस