सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक घर र अछाममा कुखुरा फर्ममा आगालागी

२०८१ वैशाख १७, ०९:१७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको एक घर र अछाममा कुखुरा फर्ममा आगालागी भएको छ।

कञ्चनपुरको बेदकाट नगरपालिका-४ बस्ने बिरेन्द्रबहादुर बिष्टको घरमा आईतवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर पुर्ण रुपमा जलेर अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै अछामको ढकारी गाउँपालिका-८ देवल बजार बस्ने परिलाल चौलागाईको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्टि फर्ममा त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोबाट आईतबार आगलागी भएको छ।

आगलागी हुँदा फर्ममा रहेका ४३ दिनका १ हजार २ सय वटा ब्रोईलर कुखुरा, २ क्विन्टल कुखुराको दाना, लत्ता कपडा र उक्त फर्मसमेत पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस