सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरा तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८३ भदौ १९, ०९:२० खबर संवाददाता

धनगढीः मौलिक कला र संस्कृतिको पहिचान, देउडा गीत प्रतिष्ठान पंजाब लुदियाना को मुख्य आयोजनामा गौरा तथा तीज विशेष सांस्कृतिक कार्यक्रम–२०८३ सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष लोकेश बाबुको सभापतित्व तथा समाजसेवी युवा अभियन्ता युवराज बराइलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आमन्त्रित कलाकार ८सुरेन्द्र संगम डोट्याल (बड्डा)को विशेष पहलमा ३२ हजार संकलन गरिएको थियो। उक्त रकम नेपालमा आएको बाढीबाट प्रभावित बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाइएको छ।

बाढी आउनुभन्दा करिब एक महिनाअघि नै कार्यक्रम तय भए पनि केही व्यक्तिबाट कार्यक्रम रोक्न दबाब र अवरोधको प्रयास भएको आयोजकले जनाएको छ। तर कलाकार तथा निर्देशक कमेडियन डोट्याल बड्डाको पहलमा कार्यक्रमलाई निरन्तरता दिँदै संकलित रकम बाढीपीडितको राहतमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो। कार्यक्रम सफल बनाउन संस्थापक विकास साउद, नारायण भट्ट, लोकदेउडा गायक खुमन सिंह लगायत संस्थाका पदाधिकारी, संस्कृतिप्रेमी, सहयोगी तथा दाताहरूको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस