सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनको काठ विक्री  गर्ने वडाध्यक्ष फरार, समिल सञ्चालक पक्राउ

२०८१ वैशाख १७, ०८:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक वडा अध्यक्षमाथि काठ तस्करीको मुद्दा लागेको छ।

काठ तस्करी गरेको मुद्दा अदालतमा दर्ता भएपछि शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरा फरार भएका हुन्। उनी बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष समेत हुन्। अध्यक्ष महरामाथि अवैध काठ बिक्री गरेको आरोप लागेको छ।

उनले सोही वनबाट ६० क्युफिट काठ अवैध रूपमा काटेर शुक्लाफाँटा–९ को महरा काष्ठ तथा समिलमा बिक्री गरेको खुलेपछि मुद्दा दायर गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत अमरसिंह धामीले बताए। वडाध्यक्ष महरा विरूद्व डिभिजन वन कार्यालय कञ्चनपुरले आइतवार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। महरा भने फरार छन्।

महराले बिक्री गरेको काठ खरिद गर्ने समिल सञ्चालक शंकरसिंह महर भने डिभिजन वन कार्यालयको नियन्त्रणमा छन्। महराविरूद्व ६० हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको धामीले बताए। महराको मिलमा ६० क्युफिटबाहेक २२१ क्युफिट थप अवैध काठ फेला परेपछि एक लाख ४८ हजार रूपैयाँ बिगो माग दाबी गरिएको छ।

कमेन्ट लोड गर्नुस