सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, पाँच घाइते

२०८१ वैशाख ३१, ०६:०५ खबर संवाददाता

दैलेखः दैलेखमा ट्याक्टर दुर्घटना भएको छ।

दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परी दुल्लु नगरपालिका–६ का ५५ वर्षीय मानबहादुर रावलको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको ट्याक्टर आइतबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए। 

दुर्घटनामा परी घाइते भएका दुल्लु नगरपालिका–६ खच्चेगैराका ५६ वर्षीय कमारो रावल, ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४वर्षीय प्रेमबहादुर रावल र ३१ वर्षीय ललित खड्का मध्ये तीन जनाको थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको दाहालले जानकारी दिएका छन् । सामान्य घाईते दुई जनाको दुल्लु अस्पताल अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस