अमेरिकामा भएको सौन्दर्य प्रतियोगितामा सुदूरपश्चिमकी चेली चन्दलाई दुई वटा उपाधी
अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी मिराकल चन्दले दुई वटा उपाधी जितेकी छिन्। उक्त सौन्दर्य प्रतियोगितामा चन्दले सेकन्ड रनरअप र उत्कृष्ट सुन्दरी पुरस्कार प्राप्त गर्न सफल भएकी हुन्। सुरुवातदेखि नै धेरै भोट पाईरहेकी चन्दलाई अन्तिम समयमा अन्य २ जना प्रतियोगिा भन्दा कम भोट प्राप्त भएको थियो।
चन्दका वुवा कर्ण चन्दले भोटिङ गर्ने सवै नेपाली समुदायलाई धन्यवाद ज्ञापन गरेका छन्। नतिजा आएपछि चन्दले सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्। कर्ण चन्द कराते खेलाडीको साथै प्रशिक्षक पनि हुन् भने उनले फिलिपिन्सकी महिलासंग २००३ मा बिहे गरेका थिए।