घुसपैठ भएकाले सुरक्षित घर फर्कन 'जेन जी' आन्दोलनको आह्वान
धनगढीः काठमाण्डौसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेको 'जेन जी' आन्दोलनले सबै आन्दोलनकारीहरूलाई घर फर्कन आह्वान गरेको छ।
काठमाण्डौको बानेश्वरमा भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै आन्दोलनले सबैलाई फर्कन आह्वान गरेको हो। 'जेन डट जेट नेपाल' ले सूचना निकालेर प्रदर्शनमा सहभागी सबैलाई फर्कन भनेको हो ।
बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेपछि प्रहरीले शुरूमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । संसद् भवन परिसरमा पनि प्रदर्शनकारीहरू प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो। काठमाण्डौँ सहित देशका मुख्य शहरहरुमा प्रदर्शन चलिरहेको छ। प्रदर्शनका क्रममा प्रहरकिो गोली लागेर दर्जन बढीको मृत्यु भईसकेको छ भने कयौँ घाईते भएका छन्।