सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

२०८२ असोज १५, ०८:३७ खबर संवाददाता

काठमाडौँ, १५ असोज ः ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्। 

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। निजलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो। ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।

कमेन्ट लोड गर्नुस