छमछमीको उत्कृष्ट १२ मा धनगढीका थम्मन
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरका थम्मन ताडी ‘टक्की” छमछमी नृत्य प्रतियोगिताको उत्कृष्ट १२ मा पर्न सफल भएका छन्। राष्ट्रब्यापी प्रतियोगितामा थम्मनले उत्कृष्ट १२ को यात्रा पुरा गरेका हुन्। थम्मनकी आमा मिनादेवी ताडीले सबैलाई सहयोगका लागि अनुरोध गरेकी छिन्। भोटिङ्ग साउन २३ गते राती १० बजे सम्म गर्न सकिने छ। यस्तै धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले पनि यस प्रदेशको सम्भावना र प्रतिभालाई सहयोग गर्न आग्रह गरेका छन्।