एनपिएल क्रिकेटः सुदूरपश्चिम बलिङमा
काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ। दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर प्लेअफनजिक पुग्ने मुडमा छ। यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम छ अङ्कका साथ शीर्ष स्थानमा छ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी अपराजित सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा छ। तीन खेलमा एक खेल मात्रै जितेको लुम्बिनी छैठौँ स्थानमा छ। आजको खेल जित्दै लुम्बिनी प्लेअफको सम्भावना जीवित राख्ने लक्ष्यमा छ। साथै सुदूरपश्चिमको अपराजित यात्रामा पनि रोक लगाउने दाउमा हुनेछ।
आजै अपरान्ह ४ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।