सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमबिबिएस छात्रवृत्तिका लागि २०१ जनाले आवेदन दिएका छन्

२०८२ मंसिर २१, ०४:२१ खबर संवाददाता

अत्तरिया: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एमबिबिएस छात्रवृत्तिका लागि माग गरेको आवेदनमा २०१ जनाले फारम भरेका छन्।

मन्त्रालयले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८२ का लागि सञ्चालित एमबिबिएस प्रदेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिममा स्थायी बसोबास गर्ने व्यक्तिहरूलाई आवेदन खुलाएको थियो।

मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराका अनुसार मंसिर २ गतेदेखि १६ गतेसम्म आवेदन भरिएका हुन्। मन्त्रालयले खुला तर्फ ५, महिला १, दलित १, थारु–राना थारु १ र अपाङ्गता भएका १ गरी कुल ९ छात्रवृत्ति को लागि आवेदन माग गरेको थियो।

कमेन्ट लोड गर्नुस