सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलले गोरुगाडालाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

२०८३ कार्तिक ७, ०८:४१ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिका–३ मा मोटरसाइकलले गोरुगाडालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ३४६५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको गोरुगाडालाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका–१ निवासी १८ वर्षीय सुजन चौधरी, मोटरसाइकल पछाडि सवार ५० वर्षीया ज्ञानमती डगौरा र गोरुगाडा चालक ५५ वर्षीय खुसीराम चौधरी घाइते भएका थिए।

तीनै जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा मोटरसाइकल चालक सुजन चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस