सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत

२०८३ कार्तिक ६, ०५:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्।

बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अब उक्त पदमा नयाँ सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

व्यवस्थाअनुसार प्रदेशसभा सचिवमा सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गर्ने व्यवस्था छ।

कमेन्ट लोड गर्नुस