काँग्रेस क्षेत्र नम्बर ५ कैलालीले उम्मेदवार हुन इच्छुकलाई गर्यो नाम दर्ताको आह्वान
धनगढीः नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले आगामी निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक नेताकार्यकर्तालाई मङ्गरवार बिहान १० बजेबाट दिउँसो २ बजेभित्र नाम दर्ता गराउन आग्रह गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्नुपर्ने भएकाले नाम दर्ता प्रक्रिया सुरू गरिएको क्षेत्रीय सभापति भीम पडालले जानकारी दिए।
उनका अनुसार, काँग्रेसको विधान र केन्द्रीय कार्यसमितिले तोकेको मापदण्डअनुसार योग्यता भएका इच्छुकले तोकिएको समयसीमाभित्र काँग्रेस जिल्ला कार्यसमितिको कार्यालय, धनगढीमा उपस्थित भई आफ्नो उम्मेदवारी सिफारिस दर्ता गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ।