सुदूर नेपाललाई विश्वसँग जोड्दै

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा गएर बयान दिने 

२०८२ पुष १०, ०५:०६ खबर संवाददाता

काठमाडौं: निवर्तमान गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भाद्र २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगले आफूलाई बोलाएको जानकारी दिए।

आयोगले घटनासम्बन्धी विवरण बुझ्नका लागि बोलाएकाले आफू उपस्थित हुने निर्णय गरेको लेखकले बताए। यद्यपि, आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार मात्रै जाने उनले स्पष्ट पारे। “उहाँहरूले भोलिका लागि बोलाउनुभएको रहेछ, तर मैले सोमबार आउने जानकारी गराएको छु । १४ गते सोमबार म आयोगमा जान्छु,” लेखकले भने ।
 

कमेन्ट लोड गर्नुस