बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक
२०८२ पुष १४, ०१:४७
काठमाडौंः नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो।उनले यसअघि नै सामाजिक सञ्जाल मार्फत आफू बयानका लागि जाँचबुझ आयोग जान लागेको बताएका थिए।
कमेन्ट लोड गर्नुस