कैलालीको रानी जमराको भौतिक प्रगति १५ प्रतिशत पुग्यो
धनगढीः जलस्रोत तथा सिँचाइ विभागका अनुसार राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिंचाई आयोजना टीकापुर (कैलाली)ले रु एक अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ।
आयोजनाको भौतिक प्रगति साउनमा आठ प्रतिशत रहेकामा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ। वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ। आयोजनाले पुस मसान्तसम्म रु दुई अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ।