पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा छौंः गगन थापा
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढेको जानकारी दिएका छन्। उनले राष्ट्रप्रति जिम्मेवारी निर्वाह गर्न सक्ने कांग्रेस निर्माण गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन्।
मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री थापाले पार्टीलाई सशक्त र जिम्मेवार बनाउने उद्देश्यका साथ विशेष महाधिवेशनको तयारी अघि बढाइएको स्पष्ट पारे। उनले वर्तमान परिस्थितिमा कांग्रेसलाई एकताबद्ध र सक्षम बनाउनु अपरिहार्य भएको उल्लेख गरे।
महामन्त्री थापाले सम्पूर्ण कांग्रेस कार्यकर्तालाई विशेष महाधिवेशन सफल बनाउन एकताबद्ध भएर हातेमालो गर्न आह्वान गरेका छन्। उनले दृढताका साथ यो मार्गमा अघि बढ्न सबै साथीहरूलाई साथ र सहयोगका लागि आग्रह गरेका छन्।