सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभामा काँग्रेस, एमाले, नेकपा र जसपाले बाँडीचुँडी गर्ने

२०८२ पुष २१, ०५:५७ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभाको १८ रिक्त सिटमा नेपाली काँग्रेस, एमाले, नेकपा र जसपाले बाँडीचुँडी गर्ने भएका छन्। सोमावार भएको छलफलमा चारै दलले आपसमा सिट बाँड्ने समझदारी गरेका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको भेटवार्तामा सिट बाड्ने सहमति भएको हो। सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म ओलीनिवास गुन्डुमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको हो।

ओलीसँग छलफल गर्न कार्यवाहक सभापति खड्का नेता रमेश लेखकसँगै गुण्डु पुगेका थिए। दुई दलले ओलीसँग राष्ट्रिय सभामा नेपाली काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ। 

माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ।  जसमा काँग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने समझदारी बनेको छ। 

छलफलमा काँग्रेसले भने ७ सिटमा सहमत भए पनि हरेक प्रदेशबाट एक–एक जना उम्मेदवार पाउनु पर्ने शर्त राखेको छ।

कमेन्ट लोड गर्नुस