सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

२०८२ पुष २४, ०७:३९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागी बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर गम्भिर घाइते भएकी थिइन्। उनलाई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर, दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट लोड गर्नुस