बैतडीमा बस र जिप ठोक्किँदा जिप चालक घाइते
बैतडीः बैतडीमा बस र जिप एक आपसमा ठोक्किँदा जिप चालक समान्य घाइते भएका छन्। बिहीबार बिहान ९ बजेर २० मिनेटमा बैतडीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदूत यातायातको सु.प.प्र.०२००१ ख १४३८ नम्बरको बस र पाटनबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको से १ ज ३९० नम्बरको बोलेरे जिप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ बजार नजिकैको घुम्तीमा एकआपसमा ठोक्किएका हुन्।
उक्त दुर्घटनामा जिप चालक पाटन नगरपालिका–४ थुमका २१ बर्षीय रोशन महरा समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए। घाइते महराको पाटनमै उपचार भइरहेको छ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए।