सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकाे विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जना घाइते

२०८२ पुष २४, ०४:२३ खबर संवाददाता

कैलाली: जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ र अस्पतालमा उपचार भइरहेको छ।

नाम र ठेगाना खुल्न नसकेको मो.साइकल चालकले गौरीगंगा–३, कुचैनीमा करिब ४५–४६ वर्षका पुरुषलाई ठक्कर दियो। घाइतेको टाउको र दाहिने खुट्टामा चोट लागेको छ र उनलाई उपचारको लागि धनगढी पठाइएको छ।

धनगढी–१९, फुलवारीमा से ६ प ६३६७ नम्बरको मोटरसाइकलले १९ वर्षीय पुरुषलाई ठक्कर दियो। उनको अनुहार, छाती र दाहिने खुट्टामा चोट लागेको छ। घाइते प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन् र अवस्था बेहोस रहेको छ।

भजनी–९, कुडीमा १४ वर्षका बालकले चलाएको सु.प्र.०१९०१३ प २७४४ नम्बरको मो।साइकलले करिब ५–६ वर्षीय नाबालकलाई ठक्कर दियो। घाइतेको टाउकोमा चोट लागेको छ र प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

धनगढी–१, कैलालीपुलमा सु.प्र.०१०१४ प ०२१४ नम्बरको स्कुटी अनियन्त्रित भएर पल्टदा ३१ वर्षीय पुरुष चालकको अनुहार, दाहिने खुट्टा र दुवै हातमा चोट लागेको छ। घाइते मध्यम अवस्थामा प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्।

गौरीगंगा–८, बढैपुरमा बिग्रेर सडकको किनारमा रोकिएको सु.प्र.०२९००१ ख १४८२० नम्बरको ट्रकमा से ६ प ५२२३ नम्बरको मो।साइकल ठोकिदा २२ वर्षीय पुरुष चालकको बाँया आँखीभौंमा चोट लागेको छ। पछाडी सवार १८ वर्षीया महिलालाई भित्री चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको र स्थानीय बढैपुर क्लिनिकमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस