सुदूर नेपाललाई विश्वसँग जोड्दै

विभिन्न मुद्दामा फरार कैलालीका ७ जना पक्राउ

२०८२ पुष २५, ०७:२३ खबर संवाददाता

धनगढीः विभिन्न मुद्दामा फरार कैलालीका ७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरीवाना तोकिएको भजनी नगरपालिका–६ बस्ने मनिष कुमार चौधरी, सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–२ बन्दिपुर बस्ने ४२ वर्षीय बिर्खबहादुर सुनार पक्राउ परेका हुन्।

यसैगरी लागूऔषध खैरो हेरोइन मुद्दामा फरार टीकापुर नगरपालिका–१ ,ब्लक नम्बर ११ बस्ने पदम राज भण्डारी, धनगढी उपमहानगरपालिका–२ बस्ने बिक्रमबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ बस्ने हरि साउँद, गोदावरी नगरपालिका–१ बस्ने शिखा डाँगी र बर्दगोरिया गाउँपालिकापा–१ बस्ने सन्तोष बिश्वकर्मा पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका सातै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस