कैलालीका एक जना जबरजस्ती करणी अभियोगमा पक्राउ
धनगढीः कैलालीका एक जना जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।
कैलालीको भजनी नगरपालिका८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरी पक्राउ परेका हुन्। यही पुस २२ गते (मंगलवार) साँझ पैसाको लोभ लालच देखाई बिभिन्न प्रलोभनमा पारि जबरजस्ती करणी गरेको उजुरीको आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहीवार इलाका प्रहरी कार्यालय भजनी, कैलालीमा दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई सोही दिन नै पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।