प्रदेश सरकारले तान्यो मातहतका कार्यालयबाट २३ वटा गाडी
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले मातहतका विभिन्न कार्यालयबाट चार पाङ्ग्रे सवारी साधन मुख्यमन्त्री कार्यालय र मन्त्रालयमा तानेको छ। प्रदेश सरकारले मातहतका २३ कार्यालयबाट मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरूमा तानेको हो।
गत भदौमा नवयुवाहरुको आन्दोलनको क्रममा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र प्रदेश सचिवहरूले चढ्ने गाडी जलाइएपछि जिल्लास्थित कार्यालयबाट कार्यालय प्रमुखहरूले प्रयोग गर्दै आएको गाडी खोसिएको हो। सरकारले विभिन्न २३ वटा कार्यालय मातहत रहेका नयाँ गाडी मुख्यमन्त्री, मन्त्री र सचिवका लागि भन्दै धनगढी मगाउने निर्णय गरेको हो।
मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको सूचनाअनुसार प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रकको कार्यालयको सुप्रप ०१ ००१झ ६१० नम्बरको गाडी आर्थिक मामिला मन्त्रीका लागि फिर्ता मागेको छ भने आर्थिक मामिला मन्त्रालयको सुप्रप ०१ ००१झ ४८२ नम्बरको गाडी आर्थिक मामिला राज्यमन्त्रीलाई दिएको छ।
यस्तै, प्रदेश सरकारले प्रदेश लेखा इकाई कार्यालय, कञ्चनपुरको सुप्रप ०१ ००२झ ०१४३ नम्बरको गाडी आर्थिक मामिला मन्त्रालयका सचिवका लागि तथा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, डोटीको सुप्रप ०१ ००१झ ३९७ नम्बरको गाडी भौतिक पूर्वाधार राज्यमन्त्रीका लागि तानेको हो।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डोटीको सुप्रप ०१ ००१झ ३८३ नम्बरको गाडी जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डोटीलाई दिइएको छ।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय, कञ्चनपुरको सुप्रप ०१ ००१झ ४५८ नम्बरको गाडी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई दिएको छ भने पूर्वाधार विकास कार्यालय, बैतडीको सुप्रप ०१ ००१झ ४६१ नम्बरको गाडी भौतिक पूर्वाधार मन्त्रालयमा तानेको छ। यस्तै, पूर्वाधार विकास कार्यालयको से१झ ३३७ नम्बरको गाडी पूर्वाधार विकास निर्देशनालयका ल्याएको छ।
स्वास्थ्य निर्देशनायको सुप्रप ०१ ००१झ ५०१ नम्बरको गाडी सामाजिक विकास मन्त्रालय तानिएको छ भने डिभिजन वन कार्यालय, पहलमानपुरको सुप्रप०१ ००१झ ३६५ नम्बरको गाडी स्वास्थ्य निर्देशनालय सरुवा गरिएको छ। सरकारले सामाजिक विकास कार्यालय, कैलीलीको सुप्रप ०१ ००१झ ६१७ नम्बरको गाडी सामाजिक विकास राज्यमन्त्रीलाई दिएको छ भने भू-तथा जलाधार व्यवस्थापन कार्यालय, डोटीको सुप्रप ०१ ००१झ ५५८ नम्बरको गाडी आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिवलाई दिने निर्णय गरेको छ।
प्रदेश लेखा इकाई कार्यालय, डोटीको सुप्रप ०१ ००१झ ००४ नम्बरको गाडी सभामुखलाई दिइएको छ भने कृषि निर्देशनालयको सुप्रप ०१ ००१झ ३९५ नम्बरको गाडी मुख्यमन्त्री कार्यालयमा तानिएको छ। स्वास्थ्य प्रवर्द्धन कार्यालयको बा१झ ९१७७ नम्बरको गाडी भने प्रदेश सभा सचिवालयलाई दिइएको छ।
गाडी तानिनेमा शिक्षा विकास निर्देशनालय पनि परेको छ। सरकारकले निर्देशनालयको सुप्रप ०१ ००१झ ९९९१ नम्बरको गाडी मुख्यन्यायाधिवक्ताको कार्यालयमा दिएको छ भने स्वास्थ्य तालिम केन्द्रको सुप्रप ०१ ००१झ ५८९ नम्बरको गाडी मुख्यमन्त्री कार्यालय तानेको हो।
यसैगरी, पूर्वाधार विकास कार्यालय, अछामको सुप्रप ०१ ००१झ ४५७ नम्बरको गाडी मुख्यमन्त्री कार्यालयमा तानिएको छ भने आर्थिक मामिला मन्त्रालयको सुप्रप ०१ ००१झ ४८३ नम्बरको गाडी पनि मुख्यमन्त्री कार्यालयमै ल्याइएको छ। मुख्यमन्त्री कार्यालयमै प्रदेश लेखा इकाई कार्यालय डडेल्धुराको सुप्रप ०१ ००१झ ६०७ नम्बरको गाडी तानिएको छ।
मुख्यमन्त्री कार्यालयकै लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बैतडीको सुप्रप ०१ ००१झ ४९३२ नम्बरको गाडी तथा प्रदेश नीति तथा योजना आयोगको सुप्रप ०१ ००१झ ०४५४ नम्बरको गाडी पनि मुख्यमन्त्री कार्यालयमै ल्याइएको छ। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयको सुप्रप ०१ ००१झ ३१४ नम्बरको गाडीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा तानिएको छ।
सरकारले तानेका २३ गाडी मध्ये आठ गाडी मुख्यमन्त्री कार्यालयका लागि तानेको सूचनामा उल्लेख छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा प्रदेश मन्त्री, राज्यमन्त्री र सचिवहरूले चढ्ने गाडी जलाइएकाले मातहतका कार्यालयबाट गाडी ल्याउनु परेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।