सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १६ सिटमा रास्वपाभित्र ४६ जनाको दाबी, कसको दाबी कहाँ?

२०८२ माघ ३, ०२:२७ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ४६ जनाले उम्मेदवारी दाबेदारी प्रस्तुत गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाले अनलाइन प्रणालीमार्फत आकांक्षीहरूलाई दाबी पेश गर्न आह्वान गरेको थियो।

सोहीअनुसार पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टदेखि चर्चित नेता सागर ढकाल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिवसम्मले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।

कैलाली–१ बाट रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले दाबी गरेका छन् भने पार्टी सचिवालय सदस्य दिपक बोहराले कञ्चनपुर–२ बाट उम्मेदवारी चाहेका छन्। सागर ढकालले डडेल्धुराबाट दाबेदारी प्रस्तुत गरेका छन्। अछाम–२ बाट बालेन शाहका स्वकीय सचिव भूपदेव शाह र कञ्चनपुर–३ बाट गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशी उम्मेदवार बन्न इच्छुक देखिएका छन्।

पार्टीका अनुसार आकांक्षीहरूले क्षेत्रगत रूपमा अनलाइन आवेदन दिएका छन्। १६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर–२, अछाम–१, डोटी, बैतडी र दार्चुलामा भने एकल दाबेदारी परेको छ। बाँकी सबै क्षेत्रमा एकभन्दा बढी आकांक्षी देखिएका छन्।

रास्वपाले अहिलेसम्म उम्मेदवार छनोटबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। प्रदेश समितिका नेताहरूले अनलाइन प्रणाली केन्द्रीय समितिले व्यवस्थापन गर्ने भएकाले हालसम्म पूर्ण विवरण आफूहरूलाई नआएको बताएका छन्। पार्टी केन्द्रले नै अन्तिम रूपमा उम्मेदवार चयन गर्ने एक नेताले जानकारी दिए।

प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टका अनुसार आज दिउँसोसम्म उम्मेदवारका आकांक्षीको सूची प्राप्त भएपछि मात्रै औपचारिक रूपमा सार्वजनिक गर्न सकिनेछ। उनले पार्टी केन्द्रले नै आइतवार उम्मेदवारको टुङ्गो लगाउने बताएका छन्। अहिले सार्वजनिक भएका नामहरु उम्मेदवारीहरूले दाबी गरिएको आधारमा सार्वजनिक भएको सभापति विष्टले बताए।

कुन क्षेत्रमा कसको दाबी?

कैलाली–१:
इन्जिनियर प्रकाश विष्ट, कोमल सुवेदी (नाउपा पक्ष), सुरेश कर्ण, दिव्या चौधरी, सिद्धार्थ साउद, दिपेन्द्र चौधरी

कैलाली–२:
पदमराज शर्मा, पदम चौलागाईं, पवित्रा गिरी, केपी खनाल (बालेन पक्ष)

कैलाली–३:
महेशकुमार चौधरी (जिल्ला सभापति), जगत जोशी, इन्दु चौधरी (नाउपा पक्ष)

कैलाली–४:
खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, शिवराज पन्त, हेमराज भट्ट, सत्यराज रावल

कैलाली–५:
भीमबहादुर बोहरा, जसुकुमारी भट्ट, हरि रेग्मी, ईश्वरी बिष्ट, पुष्कर अवस्थी, लक्ष्मण थारू, आनन्दबहादुर चन्द (बालेन पक्ष)

कञ्चनपुर–१:
जनक धामी, नवराज राना

कञ्चनपुर–२:
दिपक बोहरा

कञ्चनपुर–३:
ज्ञानेन्द्र सिंह महता, उमेश पाण्डे, कृष्णदत्त जोशी, धिरज जोशी

डडेल्धुरा:
सागर ढकाल, सुरेन्द्र अवस्थी, डा. तारा जोशी

बझाङ:
मिनबहादुर सिंह, सत्यराज उपाध्याय, शैलेश सिंह

अछाम–१:
ओमप्रकाश रावल

अछाम–२:
जीवन तिमिल्सिना, भूपदेव शाह

बाजुरा:
राजबहादुर सिंह, हेमराज थापा

बैतडी:
हरिमोहन भण्डारी

डोटी:
नरेन्द्र खड्का

दार्चुला:
राजेश साउद

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस