सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

२०८२ माघ ४, ११:५५ खबर संवाददाता

कञ्चनपुर: जिल्ला कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो दिउँसो करिब १२ बजेको समयमा शंका लागी चेकजाँच गर्दा भिमदत्त नगरपालिका–८ का २० वर्षीय अमित खत्री र भिमदत्त नगरपालिका–७ का १८ वर्षीय एक किशोरको साथबाट २९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो।

वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस